• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

सेयर बजारमा ठूलो रकमको कारोबार, दुई अर्ब नौ करोड नाघ्यो

प्रकाशित मिति

२०७६ माघ ५ गते, आईतवार ०३:२०

काठमाडौं, साताको पहिलो कारोबार दिन आज सेयरबजारमा ठूलो रकमको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २ अर्ब ९ करोडको सेयर कारोबार भएको हो।

आइतबार कुल १ सय ७८ कम्पनीको कारोबार भएको थियो। २१ हजार ४ सय २३ पटकको खरिदबिक्रीपछि उक्त कारोबार भएको नेप्सेले जनाएको छ। आज बजार परिसूचक नेप्से ३३.४३ अंकले बढेको छ। त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ५.५२ अंकले बढेको छ। आज सूचक १३४३.६५ विन्दुमा पुगेर रोकिएको छ। उच्च कारोबार भएको दिन सेयरबजारमा ६१ लाख ३१ हजार ४ सय १८ कित्ता सेयर बिक्री भएका छन्।

Kamana Sewa

कुल १२ समूहमध्ये आज व्यापारको मात्रै कारोबार सूचक ओरालो लागेको छ भने बाँकी समूहको सूचक बढेको छ। आज जीवन बीमा ४०३.२५, निर्जीवन बीमा ३ सय ३७.०२ ले सूचक बढेको छ। त्यस्तै विकास बैंक ६६.५३, ऊर्जा ४५.४६, उत्पादन ५९.९४, माइक्रोफाइनान्स ३२.०६, फाइनान्स ३५.१६ अंकले सूचक बढेको छ।

Classic Tech Desktop

प्रतिकृया