• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

शिक्षा मन्त्री पोखरेले गरे विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार ०६:२६

एजेन्सी, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गर्नुभएको छ । नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाउन लागिरहेको पुर्वसन्ध्यामा मन्त्री पोखरेलले नेपाल बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएको बताउनुहुदै बिश्व समुदायलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभएको छ ।

युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो बिकास लक्ष्य – ४ सम्बन्धि हाई लेभल पोल्टिकल फोरममा भाग लिन न्युयोर्क रहनुभएका पोखरेलले कन्सुलेट जनरल अफ नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा भिजिट नेपाल २०२०लाई सफल बनाउन आयोजित नेपाल को पर्यटन कला र सस्कृती बिषयक गोष्ठीलाई सम्बोधन गर्नुभएको छ ।

Kamana Sewa

मन्त्री पोखरेलले बुद्धको जन्मभुमी, बिश्वको अग्लो समगरमाथा भएको देश नेपालको बिश्वमा छुट्टै पहिचान भएको बताउनुभयो ।
उहाँले नेपालको बिबिध कला सस्कृतीको बिषयमा प्रकाश पार्नुभयो । नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएको बताउदै मन्त्री पोखरेलले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको जानकारी दिनुभयो ।

Classic Tech Desktop

नेपालको स्कुल पाठ्यक्रममा असल मानवीय मुल्यहरु समेटिएको प्रष्ट पार्नुहुदै मन्त्री पोखरेलले नेपालिहरु अतिथी सत्कारको लागि राम्रो सेवा दिन सक्षम रहेको पनि बताउनुभयो ।विश्व समुदायको ध्यान नेपाल तिर आकर्षित गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकार समृद्ध नेपाल, सुखि नेपालीको नाराका साथ अघि बढिरहेको बताउनुहुदै नेपाल सुन्दर, सुरक्षित र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो ।

पर्यटन प्रवर्द्धन र विकासको लागि नेपाल सरकारले प्राथमिकता मा राखेको उहाले बताउनुभयो ।
नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुहुदै मन्त्री पोखरेलले विविधताले भरिपूर्ण सुन्दर देश भ्रमण गर्न सम्पुर्णमा आग्रह गर्नुभयो ।

प्रतिकृया