• १५ असोज २०८३, बिहीबार
  • २ः४५ दिउँसो

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०९:४७

१७ असार २०८३ काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा कुलपतिबाट थापालाई आयोगको अध्यक्षमा नियुक्त गरिएको हो। यसअघि अध्यादेशमार्फत सेवा आयोगका तत्कालीन अध्यक्ष पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो।

National Life

किशोर थापा नेपाल सरकारका पूर्वसचिव हुन्। उनी पूर्वाधार तथा विकास योजनाका विज्ञका रूपमा परिचित छन्। यसैगरी सरकारले त्रिवि सेवा आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ।

नवनियुक्त पदाधिकारीहरूले आयोगमार्फत त्रिभुवन विश्वविद्यालयको कर्मचारी व्यवस्थापन, पदपूर्ति तथा सेवा सम्बन्धी कार्यलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया