• १५ असोज २०८३, बिहीबार
  • १२ः३४ दिउँसो

सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह

प्रकाशित मिति

२०८३ आश्विन १५ गते, बिहीबार १२:२३

चितवन । मुख्यमन्त्रीले सहकारीको पूँजी सदस्यको आय तथा उत्पादन बढाउने क्षेत्रमा परिचालन गर्न आग्रह गरेका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले चितवनमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सहकारीको पूँजी सीमित व्यक्ति वा क्षेत्रमा अत्यधिक जोखिम लिएर लगानी नगरी कृषि, पर्यटन, साना तथा मझौला व्यवसाय, स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा लगानी गर्नुपर्ने बताए।

National Life

उनले सहकारी ऐनले तोकेका मापदण्ड तथा निर्देशनको प्रभावकारी कार्यान्वयनसँगै समस्या देखिएपछि समाधान गर्नेभन्दा समस्या आउन नदिने प्रणाली विकास गर्न नेफ्स्कूनलाई आग्रह गरे। जोखिम पहिचान, वित्तीय अनुशासन, संस्थागत सुशासन, सञ्चालक तथा कर्मचारीको क्षमता विकास, प्रविधिको प्रयोग र सदस्यको वित्तीय साक्षरतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अवस्थालाई उल्लेख गर्दै उनले विपद्का बेला सहकारीले आफ्ना सदस्यलाई केवल ऋणीका रूपमा नभई संकटमा परेको सदस्य र परिवारका रूपमा हेर्नुपर्ने बताए। प्रभावित सदस्यका लागि ऋण पुनर्संरचना, भुक्तानीमा सहजीकरण तथा वित्तीय परामर्शजस्ता उपायमा सहकारी क्षेत्रले ध्यान दिनुपर्ने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

सरकार सहकारीको दैनिक कारोबार सञ्चालन गर्ने संस्था नभए पनि कानुनी व्यवस्था, प्रभावकारी नियमन र संस्थागत क्षमता विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको रहेको उनले बताए।

सहकारीको वास्तविक पूँजी पैसा मात्र नभई सदस्यको विश्वास भएकाले पारदर्शिता, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र सदस्यको सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रतिकृया