• ३० साउन २०८३, शनिबार
  • १२:१७ बेलुका

शिक्षा ऐनका लागि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय

प्रकाशित मिति

२०८३ श्रावण ३० गते, शनिबार १०:५०

३० साउन २०८३ काठमाडौं – प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ । मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत पहिलो कार्यक्रम शनिबार विराटनगरमा आयोजना हुँदैछ । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम हुन लागेको हो ।

अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा संवाद कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ ।

Kamana Sewa

कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन् । छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ ।

Classic Tech Desktop

मन्त्रालयका अनुसार कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित समस्या, आवश्यकता र सुधारका विषयमा सरोकारवालाका सुझाव तथा धारणा संकलन गरिनेछ ।

शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउने तथा प्रदेश र स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया