• २८ भदौ २०८३, आइतबार
  • ४ः२७ बेलुका

मधेशका ११ परीक्षा केन्द्रमा त्रिविको एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार १०:१२

१५ साउन २०८३ काठमाडौं – मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज सुरक्षा अवस्थाका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेशका ११ परीक्षा केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

National Life

त्रिविका रजिस्ट्रार महानन्द चालिसेका अनुसार हालको परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म ती केन्द्रमा परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको हो।

स्थगित गरिएका परीक्षा केन्द्रहरूमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस (सिरहा), जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (राजविराज), नेशनल पिपुल कलेज (कञ्चनपुर, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) तथा ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्रिविले भने यी बाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने जनाएको छ। स्थगित भएका परीक्षाको नयाँ मिति र समय यथाशीघ्र सार्वजनिक गरिने त्रिविका सहायक डीन डा. भरत राईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

पछिल्ला दिनहरूमा मधेश प्रदेशका केही जिल्लामा देखिएको तनावपूर्ण सुरक्षा अवस्थालाई ध्यानमा राख्दै परीक्षार्थीको सुरक्षा र सहजताका लागि परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ।

प्रतिकृया