• २८ भदौ २०८३, आइतबार
  • ११ः२२ बिहान

आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै

प्रकाशित मिति

२०८३ भाद्र २८ गते, आईतवार १०:५९

२८ भदौ २०८३ काठमाडौं — नेपाली हिन्दु महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज आजदेखि औपचारिक रूपमा सुरु भएको छ। तीजको पहिलो दिन आज महिलाहरूले परम्पराअनुसार दर खाने दिनका रूपमा मनाउँदैछन्।

National Life

दर खाने दिन माइती तथा आफन्तको घरमा भेला भएर विभिन्न परिकार तथा मिठामिठा खानेकुरा खाने चलन छ। तीजको मुख्य दिन निराहार तथा निर्जल व्रत बस्ने महिलाहरूले त्यसको अघिल्लो दिन दर खाने परम्परा रहिआएको छ।

धार्मिक मान्यताअनुसार हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। उनको इच्छाअनुसार शिवसँग विवाह भएको कथासँग हरितालिका तीज जोडिएको छ। पार्वतीले शिवलाई प्राप्त गर्न गरेको व्रत तथा तपस्याको स्मरण गर्दै महिलाहरूले तीजमा व्रत बस्ने परम्परा सुरु भएको धार्मिक विश्वास छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया