• २९ भदौ २०८३, सोमबार
  • ५ः०९ बेलुका

मृतकका परिवारलाई भेट्ने सिरहा जाँदै गृहमन्त्री सुधन गुरुङ

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०९:३१

१५ साउन २०८३ काठमाडौं – गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहामा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग भेटघाट गर्ने र जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने उनको कार्यक्रम रहेको छ।

National Life

गृहमन्त्री गुरुङले सुनसरीको देवानगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू आज सिरहा जाने जानकारी दिएका हुन्। यसअघि बिहीबार राति उनले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज पुगेर हिंसात्मक घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तसँग भेट गरेका थिए। उनको उपस्थितिमा पीडित परिवार र प्रशासनबीच सातबुँदे सहमतिमा हस्ताक्षरसमेत भएको थियो।

सहमतिपछि गुरुङ मोरङको विराटनगर पुगेका छन्। त्यहाँ केही समय बिताएपछि उनी सिरहातर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। सुनसरीको घटनाको विरोध चर्किएसँगै मधेश प्रदेशका विभिन्न जिल्लामा तनावपूर्ण अवस्था कायम छ। सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी गणेश यादवको मृत्यु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

गृहमन्त्री गुरुङले सिरहामा मृतक परिवारसँग भेट गर्नुका साथै स्थानीय प्रशासन, नेपाल प्रहरी र सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गर्दै जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

प्रतिकृया