• २९ भदौ २०८३, सोमबार
  • ५ः५६ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०९:१२

१५ साउन २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

National Life

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि बादल लागेको छ। मधेश प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र तथा शहरी डुबान हुने स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिकृया