• २५ भदौ २०८३, बिहीबार
  • ३ः५३ दिउँसो

त्रिविको कडा परीक्षा आचारसंहिता लागू, नियम उल्लंघन गरे परीक्षा रद्द

प्रकाशित मिति

२०८३ श्रावण ११ गते, सोमबार ०२:५१

११ साउन २०८३ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका सत्रान्त परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कडा परीक्षा आचारसंहिता लागू गरेको छ।

National Life

महाशाखाले जारी गरेको सूचनाअनुसार परीक्षार्थीले प्रत्येक दिन आधिकारिक प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ र तोकिएको सिटमा बसेर मात्र परीक्षा दिन पाउनेछन्। परीक्षा सुरु भएको पहिलो एक घण्टासम्म परीक्षा भवन छाड्न नपाइने व्यवस्था पनि गरिएको छ।

मोबाइल फोन, स्मार्टवाचलगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक तथा अन्य निषेधित सामग्री परीक्षा केन्द्रमा लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै नक्कल गर्ने, अरूलाई नक्कल गर्न सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने गतिविधिमा संलग्न भए कडा कारबाही गरिने त्रिविले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीमाथि परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानुनी कारबाहीसमेत गरिने चेतावनी दिइएको छ।

प्रतिकृया