• २५ भदौ २०८३, बिहीबार
  • २ः४५ दिउँसो

राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव

प्रकाशित मिति

२०८३ भाद्र २५ गते, बिहीबार ०२:४५

२५ भदौ २०८३ काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पदबाट राजीनामा दिएसँगै गौरीकुमारी यादव मन्त्रालयबाट बाहिरिएकी छन्। यादवले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष मन्त्री पदबाट राजीनामा बुझाएकी थिइन्।

National Life

मन्त्री पदमा रहँदा यादवले मन्त्रालयका कर्मचारीबाट समेत असहयोग भएको भन्दै आफूले अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै आएकी थिइन्। उनले मन्त्रालयका कर्मचारी उद्योगीको इसारामा मात्रै चल्ने गरेको आरोपसमेत लगाएकी थिइन्।

यादवले बिहीबार नै ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिको चर्चा भइरहेका बेला उनले राजीनामा दिएकी हुन्। यादवले चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा शपथ लिएकी थिइन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया