दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
प्रकाशित मिति
२०८३ भाद्र २५ गते, बिहीबार १२:५९
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम जम्मा भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन्न ९ वटा बैंकमा कोषको नेपाली रुपैयाँतर्फ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात रहेको छ।
त्यस्तै, कोषका दुई वटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषमा कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।
विवरणअनुसार भदौ २५ गते मात्रै नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ।
यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।






प्रतिकृया