• २४ भदौ २०८३, बुधबार
  • ५ः०६ बेलुका

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

प्रकाशित मिति

२०८३ भाद्र २४ गते, बुधबार ०४:४६

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ ।

National Life

बैंकको शाखा कार्यालय कुलेश्वरमार्फत आयोजित कार्यक्रममा बैंकका काठमाडौँ क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । विद्यार्थीको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले बैंकले स्टेशनरी तथा शैक्षिक सामग्री, स्कुल ब्याग, स्कुल ड्रेस तथा हाउस ड्रेस, जुत्तालगायत आवश्यक सामग्री वितरण गरेको जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले विपन्न तथा गरिब विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै बैंकले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले यस्ता सहयोगले विद्यार्थीलाई अध्ययनमा थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

सामग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौँ क्षेत्र प्रमुख शर्माले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताए । आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट बञ्चित विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । बैंकले आगामी दिनमा समेत आवश्यकता र प्राथमिकताका आधारमा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिकृया