• २४ भदौ २०८३, बुधबार
  • ५ः०८ बेलुका

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

प्रकाशित मिति

२०८३ भाद्र २४ गते, बुधबार ०४:५७

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका  डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि.बीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

National Life

उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका  डेबिट तथा क्रेडिट कार्डबाहकहरुले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्र मोडलका गाडीहरु खरिद गर्दा मोडल अनुसार १ लाख ७५ हजार रूपैयाँसम्म नगद छुट पाउने छन्  ।

उक्त सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेख बहादुर पुनको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो । यो सम्झौता ०७  सेप्टेम्बर २०२६ देखि प्रारम्भ भई  ०६ सेप्टेम्बर  २०२७ सम्म कायम रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३८ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ । 

प्रतिकृया