• २४ भदौ २०८३, बुधबार
  • १ः०० दिउँसो

अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने

प्रकाशित मिति

२०८३ भाद्र २४ गते, बुधबार ०१:००

काठमाडौं उपत्यकामा ग्यास अभावको समस्या सहज बनाउन सरकारले आपतकालीन व्यवस्था लागू गरेको छ। अब उपभोक्ताले जुनसुकै ब्राण्डको खाली ग्यास सिलिन्डर अर्को जुनसुकै ब्राण्डको भरी सिलिन्डरसँग साट्न पाउने भएका छन्।

National Life

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी उक्त व्यवस्था गरेको हो। एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को ब्राण्डको ग्यास सिलिन्डर उही मूल्यमा साटासाट गरी उपलब्ध गराउन वितरकलाई निर्देशन दिइएको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन्। साथै, उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न र आवश्यक परे कारबाही गर्न नेपाल आयल निगमलाई समेत निर्देशन दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया