• २४ भदौ २०८३, बुधबार
  • ११ः१० बिहान

बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८३ भाद्र २४ गते, बुधबार ११:००

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा खिचिरहेको हो। केन्द्रीय बैंकले आज भदौ २४ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ तान्ने भएको छ।

National Life

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।

kumari

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ५६ दिने निक्षेप संकलन उपकरणको आउँदो कात्तिक १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया