• २५ भदौ २०८३, बिहीबार
  • १२ः१० दिउँसो

उपसभामुख रुबी कुमारीले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

प्रकाशित मिति

२०८३ भाद्र २५ गते, बिहीबार ११:१२

२५ भदौ २०८३ काठमाडौं — प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन्।

National Life

उपसभामुख ठाकुरले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी छन्।

उनको सचिवालयका अनुसार बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्न लागिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया