• २५ भदौ २०८३, बिहीबार
  • ९ः२४ बिहान

रसुवा–भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि विकास साझेदारसँग छलफल

प्रकाशित मिति

२०८३ भाद्र २५ गते, बिहीबार ०९:१४

२५ भदौ २०८३ काठमाडौं — रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार, प्रारम्भिक पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र सहकार्यबारे विकास साझेदारसँग छलफल भएको छ। अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा स्थानीय विकास साझेदारहरूको बैठक बसेको हो। बैठकमा विभिन्न देशका राजदूत, नियोग प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

National Life

बैठकमा बाढीपछि भइरहेको खोज तथा उद्धार, प्रारम्भिक पुनरुत्थान, क्षतिको मूल्यांकन तथा द्रुत विपद् आवश्यकता आकलनबारे समीक्षा गरिएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थानको अवस्थाबारे जानकारी गराएका थिए। राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले द्रुत विपद् आवश्यकता आकलनसम्बन्धी विवरण प्रस्तुत गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड एन. सिस्लेनले ‘ग्लोबल र्‍यापिड पोस्ट–डिज्यास्टर ड्यामेज इस्टिमेट’ (ग्रेड) प्रतिवेदनका मुख्य निष्कर्ष प्रस्तुत गरेका थिए।

खुला छलफलमा विकास साझेदारहरूले विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका लागि आवश्यक सहयोग र सहकार्यबारे धारणा राखेका थिए।

समापनमा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन विकास साझेदारसँगको सहकार्य थप मजबुत बनाइने बताए। उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष गरिने योगदान तत्काल राहत तथा प्रारम्भिक पुनर्स्थापनाका लागि प्रशासनिक लागतबिना पीडितसम्म पुग्ने व्यवस्था रहेको जानकारी दिए।

प्रतिकृया