नागढुंगा सुरुङमार्गसँगै आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु : सचिव सिग्देल
प्रकाशित मिति
२०८३ श्रावण ११ गते, सोमबार ०२:५९
११ साउन २०८३ काठमाडौं – पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताएका छन्। सुरुङमार्ग उद्घाटन कार्यक्रममा उनले कठिन भौगोलिक अवस्थाका बाबजुद पनि नेपालले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यका बलमा महत्वाकांक्षी पूर्वाधार आयोजना सफलतापूर्वक सम्पन्न गरेको बताए।
सचिव सिग्देलले यो नेपालमा सुरुङ पूर्वाधार विकासको सुरुवात मात्र भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने विश्वास व्यक्त गरे। उनले सुरुङ निर्माणबाट नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माणको महत्वपूर्ण अनुभव हासिल गरेको पनि बताए।

उनका अनुसार नागढुंगा सुरुङमार्ग सञ्चालनपछि सिस्नेखोला–बलम्बुबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्नेछ भने यात्रुहरूले वर्षौंदेखि भोग्दै आएको ट्राफिक जाम, तीव्र घुम्ती र पहिरोको जोखिमबाट राहत पाउनेछन्।





प्रतिकृया