• ११ साउन २०८३, सोमबार
  • ४:४७ बेलुका

नागढुंगा सुरुङमार्ग नेपाल–जापान मित्रताको ऐतिहासिक प्रतीक : जापानी राजदूत

प्रकाशित मिति

२०८३ श्रावण ११ गते, सोमबार ०३:०८

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै जापानका लागि नेपाली राजदूत माएदा तोरुले यसलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक उपलब्धि तथा नेपाल–जापान मैत्री सम्बन्धको महत्वपूर्ण प्रतीक बताएका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा सुरुङमार्ग सञ्चालनमा आउनु विशेष उपलब्धि भएको उल्लेख गरे। उनका अनुसार सुरुङमार्गले काठमाडौं–धादिङ–पोखरा सडक यात्रालाई सहज बनाउँदै समय बचत, ढुवानीमा सहजता र राष्ट्रिय अर्थतन्त्रलाई गति दिनेछ।

Kamana Sewa

राजदूत तोरुले हिमाली भूगोल, पहिरो र जटिल भूगर्भीय चुनौतीका बीच जापानी र नेपाली प्राविधिक टोलीको संयुक्त प्रयासबाट आयोजना सफल भएको बताए। उनले सुरुङको प्रभावकारी सञ्चालन र दीर्घकालीन व्यवस्थापनमा पनि जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Classic Tech Desktop

प्रतिकृया