रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
प्रकाशित मिति
२०८३ श्रावण ५ गते, मंगलवार ०३:२९
५ साउन २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा सम्बन्धित पार्टी संयन्त्रसँग अनिवार्य रूपमा समन्वय गर्न निर्देशन दिएको छ।
महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको पाँचबुँदे निर्देशनमा सांसदको जिल्ला भ्रमण केवल औपचारिक जनसम्पर्कमा सीमित नरही पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने र जनअभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियान हुनुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिलाई संस्थागत गर्न संघीय संसद् र भुइँ तहका नागरिकबीच जीवन्त संवाद आवश्यक रहेको पनि जनाएको छ।

निर्देशनमा सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक भएको उल्लेख गर्दै सुव्यवस्थित समन्वयबाट मात्रै संगठनात्मक परिपक्वता र जनताप्रतिको जवाफदेहिता थप बलियो बन्ने विश्वास व्यक्त गरिएको छ।





प्रतिकृया