• १ असोज २०८३, बिहीबार
  • ४ः४१ बेलुका

बालेनको निर्देशनपछि तयारी पोसाक उद्योगी र मन्त्रालयबीच छलफल

प्रकाशित मिति

२०८३ श्रावण ५ गते, मंगलवार ०४:५९

५  साउन २०८३ काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनलगत्तै नेपाल तयारी पोसाक उद्योग संघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल भएको छ।प्रधानमन्त्रीसँगको भेटमा उठेका विषयलाई तत्काल कार्यान्वयनमा लैजान प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएपछि उद्योगीहरूको टोली मन्त्रालय पुगेको हो।

National Life

मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादवले तयारी पोसाक उद्योग क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै लामो समयदेखि रोकिएका फाइलहरू तत्काल अघि बढाउन निर्देशन दिएको संघले जनाएको छ।

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीसँग भएका सहमति र मागबारे मन्त्रीलाई जानकारी गराएका थिए।अध्यक्ष पाण्डेका अनुसार मन्त्रालयले निजी क्षेत्रको सहभागितामा तयारी पोसाकका रुग्ण उद्योगहरूको अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि छुट्टै समिति गठन गर्ने प्रक्रिया सुरु गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालमा तयारी पोसाक क्षेत्रको विकास र प्रवर्द्धनका लागि टेक्सटाइल एण्ड क्लोदिङ काउन्सिल गठन गर्ने प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ। सरकारले ग्रिन गार्मेन्ट भिलेज स्थापना, प्राविधिक जनशक्ति उत्पादन, स्वदेशमै कच्चा पदार्थ उत्पादन वृद्धि तथा नेपाली फाइबरको प्रयोग विस्तारका विषयमा समेत योजना बनाउने भएको छ।

नेपालमा उपलब्ध हेम्प (गाँजा), अल्लो, वनस्पति तथा जनावरमा आधारित फाइबरको प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने र कपास खेतीलाई पुनः प्रोत्साहन गर्ने विषयमा समेत अध्ययन अघि बढाइने संघले जनाएको छ। प्रधानमन्त्री र उद्योग मन्त्रालयसँगको सकारात्मक छलफलपछि तयारी पोसाक उद्योगीहरूले लामो समयदेखि रहेका नीतिगत समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिकृया