• ३१ भदौ २०८३, बुधबार
  • १ः२९ दिउँसो

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०९:०२

६ साउन २०८३ काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेको छ।

National Life

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू-भागका धेरै स्थानमा तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कोशी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले चेतावनी दिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र र डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया