नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी अनियमितता, प्रतिवेदन अख्तियारमा
प्रकाशित मिति
२०८३ श्रावण ६ गते, बुधबार ०९:१८
६ साउन २०८३ काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद तथा भाडा सम्झौतामा भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।
अध्ययन समितिले सन् २००२ देखि २०२२ सम्मका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली उल्लङ्घन भएको र त्यसबाट करिब २० करोड ६१ लाख रुपैयाँभन्दा बढी आर्थिक हानि भएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा प्रतिस्पर्धाबिनै सम्झौता थपिएको, अग्रिम तथा बढी भुक्तानी गरिएको, आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको र प्राविधिक रूपमा अयोग्य कम्पनीलाई सेवा दिइएको उल्लेख गरिएको छ।

समितिले सम्बन्धित उच्च व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीमाथि कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ। मन्त्रालयले प्रतिवेदनका आधारमा थप छानबिन र कानुनी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालय र अख्तियारलाई अनुरोध गरेको जनाएको छ।





प्रतिकृया