• ३१ भदौ २०८३, बुधबार
  • १२ः४४ दिउँसो

नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव

प्रकाशित मिति

२०८३ भाद्र ३१ गते, बुधबार ११:१७

३१ भदौ २०८३ काठमाडौं — नबिल बैंक लिमिटेडले असोज २२ गते ४२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ।

National Life

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/प्राप्ति गर्ने सम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन तथा लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावमा समेत निर्णय गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया