• ३० भदौ २०८३, मंगलबार
  • ९ः३२ बिहान

यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी

प्रकाशित मिति

२०८३ भाद्र ३० गते, मंगलवार ०९:१६

३० भदौ २०८३ काठमाडौं —  यसपालि पनि दशैँमा नयाँ नोट वितरण नहुने भएको छ। विगत दुई वर्षदेखि दशैँमा नयाँ नोट वितरण नगरेको नेपाल राष्ट्र बैंकले यसवर्ष पनि नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने तयारी गरेको हो।

National Life

बजारमा पर्याप्त मात्रामा सुकिला नोट रहेको र नयाँ नोट वितरण गर्नुपर्ने आवश्यकता नदेखिएपछि यस्तो तयारी गरिएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। यद्यपि यसवर्षको दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने विषयमा राष्ट्र बैंकले औपचारिक निर्णय भने गरिसकेको छैन।

दशैँमा टीका, अबिर तथा तेलजन्य पदार्थका कारण नोट चाँडै बिग्रिने र आयु छोटिने भएकाले पनि सकेसम्म नयाँ नोटको सट्टा सुकिला नोट प्रयोग गराउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया