• १२ भदौ २०८३, शनिबार
  • ८:५७ बेलुका

बाढी प्रभावितका लागि चाँगुनारायणले ५० लाख ३५ हजार सहयोग गर्ने

प्रकाशित मिति

२०८३ भाद्र १३ गते, शनिबार ०८:४३

भक्तपुर, भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन चाँगुनारायण नगरपालिकाले कुल ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको तथा प्रभावित नागरिकलाई तत्काल राहत र उद्धारको लागि स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने प्रक्रिया अघि बढाइएको हो। नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा शाखा प्रमुख तथा सम्बन्धित पदाधिकारीहरूको सहभागितामा बसेको बैठकले सहयोग रकम जुटाउने तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने विषयमा निर्णय गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो।

Kamana Sewa

नगर प्रमुख खत्रीका अनुसार स्थानीय विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, जनप्रतिनिधि तथा कर्मचारीबाट २० लाख ३५ हजार रुपैयाँ र चाँगुनारायण नगरपालिकाका शिक्षकहरूबाट १३ लाख रुपैयाँ संकलन गरिनेछ। जनप्रतिनिधिहरूबाट उनीहरूले पाउने एक महिनाको सेवा–सुविधाबापतको रकम तथा कर्मचारीहरूबाट तहगत रूपमा तलब कटौती गरी सहयोग रकम जुटाउने व्यवस्था गरिएको छ। त्यस्तै, नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूबाट समेत सहयोग संकलन गरिने निर्णय भएको छ।

Classic Tech Desktop

प्रतिकृया