बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्ने २९ जना पक्राउ, ९२ लाख बरामद
प्रकाशित मिति
२०८३ भाद्र १३ गते, शनिबार ११:०२
१३ भदौ २०८३ काठमाडौं – रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीले बगाएर धादिङ पुगेको बैंकको सेफ फुटाई रकम चोरी गरेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा धादिङका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेकोमा शनिबार बिहानसम्म ९२ लाख ६८ हजार ५०५ रुपैयाँसहित २९ जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले बैंकको सेफ फुटाएर रकम चोरी गर्ने कार्यमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। गत भदौ १० गते आएको विनाशकारी बाढीले टिमुरे, बेत्रावती र त्रिशूली क्षेत्रका कुल ९ वटा बैंकका शाखा कार्यालय तथा एटीएम मेसिनहरू बगाएको थियो। तीमध्ये एउटा बैंकको भारी सेफ बाढीले बगाएर धादिङसम्म पुर्याएको र नदीको बहाव कमजोर भएपछि किनारमा अड्किएको बताइएको छ।





प्रतिकृया