• १२ भदौ २०८३, शनिबार
  • ११:०९ बिहान

रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार

प्रकाशित मिति

२०८३ भाद्र १३ गते, शनिबार १०:४७

१३ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।

Kamana Sewa

यस्तै, बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

Classic Tech Desktop

प्रतिकृया