• १२ भदौ २०८३, शनिबार
  • १:२१ बेलुका

विपद्पछि चीनको साथः नेपाललाई २० लाख डलर नगद सहयोग

प्रकाशित मिति

२०८३ भाद्र १३ गते, शनिबार १२:५९

१३ भदौ २०८३ काठमाडौं – चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्रीसहित दुईवटा कार्गो विमान नेपाल पठाउने तयारी गरेको छ। साथै सुरुङ तथा पूर्वाधारसम्बन्धी विशेषज्ञहरूको दुईवटा टोली पनि नेपाल आउनेछन्।

चीनले नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोगसमेत उपलब्ध गराउने जनाएको मन्त्री खनालले जानकारी दिए। यसअघि भारतलगायत अन्य देशहरूले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। भारतले राहत सामग्री पठाइसकेको छ भने आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Kamana Sewa

हालैको विपद्पछि प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आउने क्रम जारी रहेको छ।

Classic Tech Desktop

प्रतिकृया