• १२ भदौ २०८३, शनिबार
  • ८:४४ बेलुका

बाढी प्रभावितका लागि मध्यपुर थिमिले ५१ लाख सहयोग गर्ने

प्रकाशित मिति

२०८३ भाद्र १३ गते, शनिबार ०८:२२

भक्तपुर : रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि मध्यपुर थिमि नगरपालिकाले ५१ लाख १ सय ५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको ५२औँ बैठकले उक्त निर्णय गरेको उपप्रमुख बिजयकृष्ण श्रेष्ठले जानकारी दिए।

सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको सुविधा त्यस्तै, नगरपालिका र मातहतका कर्मचारी र शिक्षकको तहअनुसार क्रमशः २, ४ र ७ दिनको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिने र अपुग सम्पूर्ण रकम नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ब्यहोरिने उपप्रमुख श्रेष्ठले बताए।

Kamana Sewa

प्रतिकृया