मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
प्रकाशित मिति
२०८३ आश्विन १ गते, बिहीबार ०२:१४
काठमाडौं । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउण्डेशनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।
यस अघि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ । पाँचौ वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन गरेको छ ।
सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने उक्त कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. विन्द्यवासिनी म्यूजिक प्रा.लि तथा एम एन हस्पिटल समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको हो ।






प्रतिकृया