• १६ असोज २०८३, शुक्रबार
  • २ः१६ दिउँसो

जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो

प्रकाशित मिति

२०८३ श्रावण ५ गते, मंगलवार ०३:४२

जनकपुरधाम । जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि पार्टी अध्यक्ष हर्कराज साम्पाङले घटनाप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले आफू मन्दिरको गेटसम्म नपुग्दै फर्किएको र आफ्ना समर्थकमाथि भएको दुर्व्यवहारलाई आफूलाई गरिएको अपमानका रूपमा लिएको बताएका छन्।

National Life

‘म बाटैमा थिएँ, म गेटमा पुगेको थिइनँ। तर श्रमदातालाई अपमान गर्नु नै मलाई अपमान गर्नु हो,’ उनले उल्लेख गरेका छन्। साम्पाङले आफूले सबै देवीदेवता र भगवानप्रति सम्मान राख्ने बताउँदै कुनै दिन जानकी देवीको दर्शन गर्ने आशा व्यक्त गरेका छन्। उनले गाईको विषयलाई लिएर राजनीति गर्न खोजिएको आरोप लगाउँदै, ‘गाई खानेलाई मन्दिरमा पस्न नदिने भन्ने राजनीति कसले र किन गरिरहेको छ?’ भन्दै प्रश्नसमेत उठाएका छन्।

यसअघि मंगलबार जनकपुरधाममा साम्पाङलाई स्वागत गर्न पुगेका श्रम संस्कृति पार्टीका नेता–कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले जानकी मन्दिर परिसरबाट हटाउन खोजेपछि दुई पक्षबीच तनाव भएको थियो। साम्पाङ पार्टीको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका थिए। हिन्दु सम्राट सेनाले साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै उनको मन्दिर प्रवेशको विरोध जनाएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

घटनापछि साम्पाङले आफ्ना नेता–कार्यकर्तालाई संयमित रहन आग्रह गर्दै घटनाबारे गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको दाबी पनि गरेका छन्। प्रहरीले घटनाबारे निगरानी बढाएको छ।

प्रतिकृया