• २८ भदौ २०८३, आइतबार
  • ३ः५३ राती

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०६:५९

१२ साउन २०८३ काठमाडौं – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

National Life

शाहीले नेकपा (१४) र नेकपा एमाले (९) का गरी २३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। कर्णालीमा सरकार गठनका लागि न्यूनतम २१ सांसदको समर्थन आवश्यक पर्छ।

एमालेका यामलाल कँडेलले गत शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १० तथा राप्रपा र एक स्वतन्त्र सांसद रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

मुगु प्रदेशसभा–२ बाट निर्वाचित शाही यसअघि कर्णाली सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिकृया