• २७ भदौ २०८३, शनिबार
  • १ः१९ दिउँसो

सुनसरी घटनामा एमालेको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०६:४९

१२ साउन २०८३ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनामा राज्य पक्षबाट अत्यधिक बल प्रयोग हुँदा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

National Life

महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा सरकारले नागरिकको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लगाउँदै विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल नगरी बल प्रयोग गरिएकाले अवस्था थप तनावपूर्ण बनेको उल्लेख गरिएको छ।

एमालेले मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको निःशुल्क उपचार, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीले राज्यलाई दमनकारी शैली त्यागेर संयमता अपनाउन तथा समस्याको शान्तिपूर्ण र दीर्घकालीन समाधानतर्फ अग्रसर हुन आग्रह गरेको छ। साथै राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न तथा अफवाहमा नलाग्न सुनसरीका नागरिकसँग अपिल गरेको छ।

प्रतिकृया