• १२ साउन २०८३, मंगलबार
  • ४:५६ बेलुका

शेयर बजार ओरालो, नेप्से ४.६४ अंकले घट्यो

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०३:१७

१२ साउन २०८३ काठमाडौं – साताको कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६४ अंकले घटेर २,६९६.६७ विन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीका १ करोड ४ लाख २१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारका क्रममा १३ उपसमूहमध्ये ४ उपसूचकमा सामान्य वृद्धि भएको भने ९ उपसूचक घटेका छन्। यसदिन ९८ कम्पनीको शेयर मूल्य बढ्दा १६६ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Kamana Sewa

प्रतिकृया