• १२ साउन २०८३, मंगलबार
  • ४:५१ बेलुका

समस्याग्रस्त सहकारीबाट ११ हजार बचतकर्तालाई ७१ करोड रुपैयाँ फिर्ता

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०३:०७

स१२ साउन २०८३ काठमाडौं – मस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ बचत फिर्ता तथा मिलान गरेको जनाएको छ। समितिले सार्वजनिक गरेको ९१ दिने कार्यप्रगति विवरणअनुसार २१ करोड रुपैयाँ नगद फिर्ता र ५० करोड रुपैयाँ बराबरको बचत मिलान गरी कुल ७१ करोड रुपैयाँ राफसाफ गरिएको हो। समितिले ५ लाख रुपैयाँसम्म बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको जनाएको छ।

समितिका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारीका १ हजार ५०० रुपैयाँसम्म तथा अन्य समस्याग्रस्त सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत भएका अधिकांश बचतकर्तालाई रकम फिर्ता गरिसकिएको छ। साथै ज्येष्ठ नागरिक, एकल महिला र प्राणघातक रोगबाट पीडित ४८ जनालाई पहिलो चरणमा १२ लाख रुपैयाँ वितरण गरिएको छ।

Kamana Sewa

समितिले सहकारीको ऋण नतिर्ने सञ्चालक तथा ऋणीमाथि कडा कारबाही अघि बढाएको पनि जनाएको छ। ऋण असुलीका लागि बैंक खाता रोक्का, राहदानी रोक्का, कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने तथा सरकारी सेवा–सुविधा रोक्ने प्रक्रिया तीव्र बनाइएको छ।

Classic Tech Desktop

यस्तै, कान्तिपुर सेभिङ एन्ड क्रेडिट र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका बचतकर्तालाई साउनको तेस्रो सातादेखि रकम फिर्ता गर्न सुरु गरिने समितिले जनाएको छ। साथै चालु आर्थिक वर्षदेखि ५ लाखदेखि १ करोड रुपैयाँसम्मको बचत मिलान गर्ने नीति लागू गरिएको र बचत फिर्ता प्रक्रियालाई थप प्रभावकारी बनाइने योजना रहेको समितिले जनाएको छ।

प्रतिकृया