• १३ साउन २०८३, बुधबार
  • ४:१५ बेलुका

नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार १२:१६

१२ साउन २०८३ वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका हुन्।

अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार करिब ७० चिकित्सकमध्ये झण्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सक पनि सामूहिक राजीनामाको तयारीमा छन्।

Kamana Sewa

चिकित्सकहरूले दोषीमाथि कारबाहीको माग गर्दै सीडीओ कार्यालयमा भएको वार्ताका क्रममा प्रशासनले अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्। वार्तापछि प्रहरी परिचालन गरी चिकित्सकलाई नियन्त्रणमा लिइएको, मोबाइल खोसिएको र झण्डै एक घण्टा रोकेर राखिएको दाबी उनीहरूको छ।

Classic Tech Desktop

प्रशासनको व्यवहारपछि सुरक्षित वातावरणमा काम गर्न नसकिने निष्कर्षसहित चिकित्सकहरूले सामूहिक राजीनामा दिएको जनाएका छन्। उनीहरूले सीडीओ र एसपी पदमा रहुञ्जेल काममा नफर्किने अडान पनि दोहोर्‍याएका छन्।

यसैबीच, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र प्रशासनको व्यवहारको विरोध गर्दै देशभर आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ। संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, चिकित्सकको सुरक्षा सुनिश्चित गर्न तथा आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गर्ने जनाएको छ।

प्रतिकृया