• २८ भदौ २०८३, आइतबार
  • ९ः४२ बिहान

मेयरका छोराको हाजिरी विवाद, साउन नसकिँदै अन्तिम मितिसम्म हस्ताक्षर

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०४:३८

१२ साउन २०८३ जनकपुरधाम – सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका प्रमुख तथा चिकित्सक डा. लुस्युनकुमार यादवले साउन महिना नसकिँदै महिनाको अन्तिम मितिसम्मको हाजिरी एकै दिन गरेको भेटिएको छ।

National Life

डा. यादवले हाजिरी रजिस्टरमा साउन महिनाको बाँकी दिनको समेत अग्रिम हस्ताक्षर गरेको पाइएको हो। उनी नगर आधारभूत अस्पतालमा करार सेवामा चिकित्सक तथा कार्यालय प्रमुखका रूपमा कार्यरत छन्।

घटनाबारे प्रतिक्रिया दिँदै सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवले तथ्य बुझेर मात्रै प्रतिक्रिया दिने बताएका छन्। डा. लुस्युनकुमार यादव नगर प्रमुखका छोरा पनि हुन्। घटनाले सरकारी कार्यालयमा हाजिरी व्यवस्थापन र कार्यशैलीबारे प्रश्न उठाएको छ भने यसबारे थप छानबिनको माग हुन थालेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया