आज साउन एक गते, महिलाहरु हरियो रङमा रमाउदै
प्रकाशित मिति
२०७६ श्रावण १ गते, बुधबार ०८:५०
काठमाडौंः आज देशभर साउने सङ्क्रान्ति मनाइँदैछ। आज हरेक वर्ष १ साउनमा मनाइने ‘साउने संक्रान्ति’को अवसरमा लुतो फाल्नेक्रममा चारै दिशातिर अगुल्टो फ्याकिँदा व्यक्त गरिने यी पंक्ति दुर्लभ भइसकेको छ । बढ्दो सहरीकरण र आधुनिकताको होडबाजीमा साउने संक्रान्तिजस्तो महत्वपूर्ण चाड पछिल्लो समय मीठोमसिनो खाने र पारिवारिक भेटघाटमा सीमित बनेको छ । धेरै जसो महिलाहरुले विशेषरुपमा हरियो चुरापोते तथा मेहेन्दीमा सजिएर भगवान सिवजीको पुजा आरधना गर्ने गरेको पाइन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने सङ्क्रान्तिका रुपमा मनाइन्छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ मा सुरु हुने उत्तरायण र साउन १ देखि सुरु हुने दक्षिणायन हुने दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो ।
एक महिना काम गर्ने किसान साउन १ मा आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्परानुसार कागभलायो, कुकरडाइनो,
लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ। साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ।






प्रतिकृया