नेपाल मानव धर्म सेवा समितिले गुरु पुर्णिमा मनायो
प्रकाशित मिति
२०७६ असार ३१ गते, मंगलवार ०६:१५
काठमाण्डौ,गुरु पुर्णिमा तथा व्यास पुर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । समितिले मानव धर्मका प्रणेता श्री सतपालजी महाराज जी प्रति श्रद्धाभाव प्रकट गर्दै “गुरु पुजा महोत्सव २०७६” मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठले आफुले प्राप्त गरेको आध्यात्मिक तथा भौतिक शिक्षा एक आपसमा आदान प्रदान गरेमा मात्र समाज विकास गर्न सकिने बताउनुभयो । मानव धर्मले गरेका सामाजिक कामले वडाको विकासमा सहयोग पुगेको भन्दै आफुहरु सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले शास्त्रमा भएका कुरालाई मनन गर्दै जिवनमा उर्तान सके मात्र यसले जिवन सार्थक पार्न सकिने बताउनुभयो । चेतन शरिर भएका गुरुले मात्र ज्ञान र भक्तिको कुरा सिकाउन सकिने भएकोले चेतन गुरुलाई मान्न पनि उहाले सबैलाई प्रेरणा दिनुभयो । ‘गुरु चरणको दर्शनले मात्र पनि काशि प्रयोगको पुण्य मिल्छ । त्यसैले हरेक युगमा आएका गुरुलाई सबैले चिन्नुपर्छ र गुरुले देखाएको बाटोमा हिड्नु पर्छ ।” कार्यक्रममा यसवर्ष एसईई पास गरेका विभिन्न विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै गुरुहरुलाई श्रद्धाभाव व्यक्त गरेका थिए । कार्यक्रममा भक्ति संगीतका कलाकार तथा बाल कलाकारहरुले आध्यात्मिक, चेतनामुलक भजन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।







प्रतिकृया