• ४ साउन २०८३, सोमबार
  • ७:२८ बेलुका

आज बेलुकासम्म पार्टी एकताको बाँकी काम टुंगिन्छ: अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार ०४:३८

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म पार्टी एकताको बाँकी काम टुंग्याउने बताउनु भएको छ । मंगलबार नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नु भयो, ‘हामी दुवै अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड) ले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने भनेका थियौं, त्यसै अनुसार तीन दिनदेखि हामी गम्भीर गृहकार्यमा जुटेका छौं । ‘पार्टी एकताको सवै काम आज बेलुकासम्म टुंगो लगाउँछौं ।’

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई असफल पार्ने प्रतिक्रियावादीको सवै अस्त्र असफल भएको र एकताले अव अन्तिम रुप लिएको घोषणा पनि गरेका छन । उहाँले भन्नु भयो,‘सचिवालय, स्थायी समिति बसेर त्यसलाई अन्तिम रुप दिने र केन्द्रीय कमिटी बैठक बसाएर एउटा अभियानसहित देशभरी जाने निर्णय हुन्छ ।’

Kamana Sewa

प्रतिकृया