• ४ साउन २०८३, सोमबार
  • २:०९ बिहान

तेस्रो बास्केटबल टुर्नामेन्ट सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:३३

 

बैशाख ।
जय मल्टिपल कलेजद्धारा आयोजना भएको तेस्रो बास्केटबल टुर्नामेन्ट २०७६ सम्पन्न भएको छ । १६ स्कुल तथा कलेज सहभागी भएको उक्त बास्केटबल टुर्नामेन्टमा लुम्बिनी कलेज पहिलो भएको छ भने न्यू भिजन एकेडमि दास्रो भएको छ । टुर्नामेन्टमा प्रमुख अतिथि जगनाथ देबकोटा रहनुभएको थियो ।

Kamana Sewa

न्यू भिजन एकडेमिका र्निदेशक टंक थापाले खेलप्रति सक्रियता बढाउने उद्देश्यका साथ अघि बढेको बताउनुभयो । उहाँले देश बिकासका लागी खेलकुदले केहि मद्दत गर्ने हुनाले बिद्यार्थीहरुलाई खेलकुदमा जागरुक गराएको बताउनुभयो । बिद्यार्थीको बौद्दिक बिकास, शारीरिक बिकास र पछि ठूलो तहमा पुग्दा खेलकुदमा थप उर्जा आउने भएकाले यस किसिमको खेलकुद आयोजना भन्दै आगामी दिनमा थप बास्केटबल टुर्नामेन्टको आयोजना गर्ने बताउनुभयो ।
प्रथमलाई १० हजार नगद तथा प्रमाणपत्र र ट्रफिहरु प्रदान ,दास्रो लाई ४ हजार नगद प्रमाणपत्र र ट्रफिहरु र अन्य बाकिँ टिमलाई प्रमाणपत्र अध्यक्ष ले बितरण गर्नुभएको थियो।

Classic Tech Desktop

फुटबल प्रतियोगिताको तुलनामा भलिबल र बास्केटबल भने त्यति धेरै आयोजना गरिएको देखिँदैन । त्यसमा पनि नेपाली समुदायमा बिद्यार्थीहरुलाई लक्षित गरी छुट्टै प्रतियोगिताको आयोजना गरिएको संभवतः तेस्रो हो ।

प्रतिकृया