• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

नयाँबानेश्वर मा ‘प्रहरीसंग एकदिने’ कार्यक्रम

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:३५

२४ बैशाख , काठमाडौँ । नयाँबानेश्वर को काठमाडौं जेभियर्स पब्लिक स्कुलका विद्यार्थीलाई तिनकुने प्रहरी चौकी अर्थात महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा पुग्दा त्यहाँका प्रमुख डिएसपि गोविन्दराज काफ्लेले टिका लगाएर स्वागत गर्दै ‘यहाँ फेरी नआउनु’ भनेका छन । त्यसो भन्नुको अर्थ कुनै अपराधमा मुछिएर या संलग्न भएर विद्यार्थीलाई प्रहरी चौकीमा नआउनु भनेको हो ।
सो विद्यालयमा गठन भएको प्रहरी—विद्यालय समन्वय समिति मार्फत सामुदायीक प्रहरी सेवा केन्द्र लाखेचौर १० नयाँबानेश्वरका प्रहरीको पछि लागेर ‘प्रहरीसंग एकदिन’ कार्यक्रममा सहभागी हुन वृत्तमा आएका जेभियर्स पब्लिक स्कुलका विद्यार्थीलाई डिएसपि काफ्लेले भनेका हुन ।

प्रहरीले कसरी काम गर्छ, कुनैपनि घटनाको अभियुक्तलाई कसरी पक्रेर थुनुवा कक्षमा थुनेर मुद्धाको अनुसन्धान गर्छ र मुद्धा दर्ता गर्छ रु यस्तै कुराको व्यवहारिक ज्ञान दिन सोमबार ती विद्यार्थीलाई वृत्तको स्थलगत भ्रमणमा लगिएको थियो ।

Kamana Sewa

सामुदायीक सेवा केन्द्र १० का महासचिव अशोक कार्की, सामुदायीक प्रहरी सेवा केन्द्र १० का इन्चार्ज प्रहरी हवल्दार ताराराम दयाल र विद्यालयका शिक्षक गोपाल श्रेष्ठसंग सो विद्यालयको ९ कक्षाका २२ जना विद्यार्थी वृत्तमा आई त्यहाँको स्थलगत जानकारी लिएर २ घण्टापछि विद्यालयमा फर्केका थिए । नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय—प्रहरी साझेदारी कार्यक्रम’ र विद्यार्थीसंगको सहकार्यबारे डिएसपि काफ्लेले विद्यार्थीलाई बताएका थिए भने वृत्तको विभिन्न शाखाका प्रहरी अधिकृतहरुले वृत्तले अपराध अनुसन्धानमा गर्दै आएका कामबारे बताएका थिए ।

Classic Tech Desktop

प्रहरीले सम्पादन गर्दै आएका काम कारवाहीबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन प्रहरी विद्यालय समन्वय समितिमार्फत ‘प्रहरीसंग एकदिन’ कार्यक्रमले सघाउ पुरयाएकोेमा विद्यालयका प्रिन्सिपल आरबि अधिकारीले धन्यवाद दिएका थिए ।

प्रतिकृया