• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

भक्तपुरको विकास नेपालकै नमूनायोग्न तथा अनुकरणीय छ : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:३९

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा भक्तपुरको विकासमा हरेक दिन एक कदम अभि नभई हरेक दिन एक कदम दैडिएको बताउनुभएको छ ।

Kamana Sewa

सडक डिभिजन कार्यालय काठमाडौँको आयोजनामा आज भक्तपुरको मध्यपुर थिमी नगरपालिका स्थित काठमाडौँ र भक्तपुर जिल्लाको संगमस्थल मनोहरा नदीमा निर्माण गर्न शुरु गरीएको बेलिव्रिजको शिलान्यास गर्दै सांसद बस्नेतले भक्तपुरको विकास अहिलने नेपालकै नमूनायोग्न तथा अनुकरणीय भएको बताउनुभयो ।
उहाँले बेलिव्रिज तथा हनुमन्ते–मनोहरा नदीको करिडोर निर्माण सम्पन्न भएपश्चात कोटेश्वर – जडिवुटीको सवारी जाम स्थायी रुपमा समाधान हुने बताउँदै उक्त करिडोर निर्माण सम्पन्न पश्चात करिडोरै करिडोर हुँदै बल्खुसम्मको सहज पहुँच विस्तार हुने बताउनुभयो । २१।४ मिटर लम्बाई रहेको उक्त बेलिव्रिज ४।२० मिटरको चौडाई रहने बताइएको छ । उक्त बेलिव्रिज रु एक करोड तीस लाख तीन हजार छ सय त्रियानब्बे रुपैंयाको लागतमा निर्माण शुरु गरिएको हो ।
सांसद बस्नेतले बेलिव्रिजसँगै काठमाडौँ तर्फको करिडोर कालोपत्रे सहित बालकुमारीसम्म निर्माण सम्पन्न हुने बताउँदै गराउँदै कोटेश्वरमा अण्डरपास र मनोहरा नदीको दायाँ बाँया चार लेनको सडक निर्माणको प्रकृया अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले राधेराधेदेखी बालकुमारीसम्म आगामी तीन वर्ष्भित्रमा निर्माण सम्पन्न गराई अरनीको वैकल्पीक राजमार्गको रुपमा प्रयोगमा ल्याईने बताउनुभयो ।

Classic Tech Desktop

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले मनोहरा र हुनमन्ते नदीको करिडोर निर्माणको लागि नेपाल सरकार अर्थ मन्त्रालयले बहुवर्षीय योजनामा समाबेश गरेको जानकारी गराउँदै आगामी वर्ष हनुमन्ते तथा मनोहरा करिडोरको लागि कम्तीमा एकरएक अर्व रुपैंया बजेट आउने समेत बताउनुभयो ।
दुईवटा करिडोर निर्माण नै भक्तपुर विकासको मेरुदण्डको आधार भएको बताउँदै सांसद बस्नेतले अरनीको राजमार्गलाई व्यवस्थित गर्न आवश्यक ठाउँमा हवाई पुल, सोलार बक्ति, ट्राफिक आइलाईन लगायतका कार्य अघि बढेको बताउनुभयो । उहाँले आगामी वर्ष अरनीको राजमार्ग सुन्दर, सफा तथा मनोरमयुक्त राजमार्ग बनाउने समेत घोषणा गर्नुभयो ।

सांसद बस्नेतले सफाईमा नागरिकले सभ्यताको परिचय दिनुपर्ने बताउँदै सफाईको लागि आवश्य पर्ने ब्रुमरको व्यवस्था गरी अघि बढे भक्तपुर सफा र सुन्दर हुन कुनै समस्या नरहेको समेत बताउनुभयो । उहाँले समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन सफाईको साथ साथै धार्मिक, सांस्कृतिक, पर्यटकीय, कला, सम्पदा लगातको विकासलाई समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

काडमाडौँ जिल्ला सडक डिभिजन कार्यालयका डिई कैलाश श्रेष्ठले व्यस्थ सडक तथा सवारी जामलाई अस्थायी रुपमा केही मात्रामा भएपनि समाधान गर्न बेलिव्रिजले सहयोग गर्ने बताउँदै काठमाडौँ, ललितपुर तथा भक्तपुरको संगम स्थलमा दुई वर्ष्भित्रमा पक्की पुल निर्माण हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जनताको आवश्यकता, चाहना पुरा गर्दै समस्या समाधान गर्नु निर्वा्चित जनप्रतिनिधिहरुको दायित्व भएकाले विकास निर्माणका काममा कुनै कन्जुस्याई नहुने बताउनुभयो । उहाँले विकास गर्दा पहुँचको भरमा नभई आवश्यकताको आधारमा हुने समेत बताउनुभयो ।

दुई महिनामा सम्पन्न गराउने उद्देश्यका साथ शिलान्यास गरिएको उक्त बेलिव्रिजलाई निर्धा्रित समय अगावै निर्माण सम्पन्न गराउन आग्रह सांसद बस्नेतले आग्रह समेत गर्नुभयो।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापा, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, भक्तपुर सडक डिभिजन कार्यालयका डिई वेलबहादुर भुजेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया