• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

संविधान संशोधनका लागि गोलमेच सम्मेलन आवश्यक : अर्जुननरसिंह केसी

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार १२:४३

१२ जेठ २०८३ काठमाडौं – अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी सबै पक्षको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताकेन्द्रित भएको भन्दै त्यसबाट संशोधनको उपयुक्त वातावरण बन्न नसक्ने टिप्पणी गरे।

‘संविधान संशोधनको वातावरण निर्माण गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउनुपर्छ, सबैको सहभागितामा गोलमेच सम्मेलन हुनुपर्छ,’ सांसद केसीले भने।

Kamana Sewa

उनले संविधान संशोधन प्रक्रिया प्रभावकारी र स्वीकार्य बनाउन सबै राजनीतिक दल तथा सरोकारवालाको सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिए।

Classic Tech Desktop

प्रतिकृया