• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

एसवाई प्यानलको आईपीओ आजदेखि खुला

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०९:४३

कात्तिक १८, २०८२ काठमाडौं— एसवाई प्यानल नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेकाले यो दोस्रो चरणको निष्कासन हो।

कम्पनीले प्रतिकित्ता रु. १०० दरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। पहिलो चरणमा २ लाख ६१ हजार ६२७ कित्ता आयोजना प्रभावित र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण भइसकेको छ।

Kamana Sewa

अब बाँकी शेयरमध्ये १ लाख ४९ हजार १२७ कित्ता कम्पनीका कर्मचारी र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ४० लाख ७६ हजार १५६ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

Classic Tech Desktop

सर्वसाधारणले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसका लागि न्यूनतम रु. १,००० र अधिकतम रु. ५० लाख लगानी आवश्यक पर्छ। आवेदन अवधि आजदेखि कात्तिक २३ गतेसम्म बैंकिङ समयभित्र रहनेछ।

आईपीओको क्रेडिट रेटिङ इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुनिश्चितता जनाउँछ। आईपीओको निष्कासन र बाँडफाँड कार्य प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिकृया