• १३ असोज २०८३, मंगलबार
  • २ः३४ दिउँसो

झलनाथ खनाल राति ओली निवास गुण्डुमा, के भयो कुरा ?

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०९:५३

कात्तिक १८, २०८२ काठमाडौं—  नेकपा (एकीकृत समाजवादी)भित्र माओवादी केन्द्रसँगको एकता प्रक्रियामा मतभेद चुलिँदै जाँदा पार्टीका सम्मानित नेता झलनाथ खनाल मंगलबार राति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन्। स्रोतका अनुसार खनाल राति करिब ९ बजे एक्लै गुण्डु पुगेका थिए र दुई नेताबीच करिब एक घण्टा लामो भेटवार्ता भएको थियो। तीन दिनअघि नै भेट तय भए पनि ओलीको व्यस्तताका कारण समय सारिएको थियो।

National Life

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार दुई नेताबीचको भेट सकारात्मक भएको छ। उनका अनुसार यो भेटलाई एमालेका पहिलो पुस्ताका नेताबीचको सम्बन्ध पुनः नजिकिँदै गएको संकेतका रूपमा लिइएको छ।

बस्नेतले भने, “एमालेमा फर्किन खोज्ने नेताहरूको हकहित र कानुनी पक्षबारे अहिले परामर्श भइरहेको छ।” उनका अनुसार पूर्वन्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा कानुनी टिमले जनप्रतिनिधिहरूको पद सुरक्षित गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, माओवादीसँग एकता गर्ने अध्यक्ष माधवकुमार नेपाल समूहको निर्णयको विरोधमा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीसहितको समूहले आज बिहान पत्रकार सम्मेलन गर्दैछ।

सो समूहका किसान श्रेष्ठ, अम्बर बहादुर थापा, गम्भिरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना, अर्जुन राईलगायत करिब १०० जना नेता–कार्यकर्ताले एमालेमा फर्किने घोषणा गर्ने तयारी गरेका छन्। पत्रकार सम्मेलन आज बिहान १० बजे होटल बसेरा, काठमाडौंमा आयोजना गरिएको छ।

प्रतिकृया