• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०९:३०

कात्तिक १८, २०८२ काठमाडौं—  काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थललगायत संवेदनशील र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा सेवा विस्तार गरिएको हो।

मन्त्रालयका अनुसार तीन निर्माणाधीनसहित आठ नयाँ स्थानमा वाइफाइ जडान गरिएको छ भने पुराना स्थानमा मर्मत र क्षमता वृद्धि गरिएको छ। नयाँ वाइफाइ सेवा नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आएको छ।

Kamana Sewa

सेवाको दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीबीच सहकार्य गरिएको छ। यसअघि रहेका अस्पताल र पशुपति क्षेत्रमा ब्यान्डविथ १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस र प्रत्येक डिभाइसका लागि डेटा सीमा १०० एमबीबाट ५०० एमबी पुर्‍याइएको छ।

Classic Tech Desktop

मन्त्री खरेलको विशेष सक्रियतामा नेपाल दूरसञ्चार प्राधिकरणले समन्वय गर्दै वाइफाइ पहुँच विस्तार गरेको हो। आज बिहान मन्त्री खरेलको नेतृत्वमा टोलीले नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन विमानस्थलमा सेवा अनुगमन गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया