• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

सुनसरी-४ पुन: मतगणना माग्दै सञ्चार मन्त्री कार्कीले दिए निवेदन

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०२:५८

११ मंसिर, २०७९, काठमाडौं : सुनसरी-४ मा पुनः मतगणना गर्न माग गर्दै सञ्चार मन्त्रीसमेत रहेका नेपाली कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन्। शनिबार दिउँसोदेखि रोकिएको मतगणना आज सर्वदलीय बैठक आयोजना गरेर सुरू गर्ने भनिए पनि आजको सर्वदलीय बैठकमा कुनै सहमति जुट्न सकेन। लगत्तै कार्कीले आयोगमा पुनः गणनाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।


सुनसरी(४ मा मत गणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो। निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत आयोगले सार्वजनिक गर्दा १२१२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो।यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो। तर, कांग्रेसका कार्कीले त्यो प्रस्ताव मानेका छैनन्।

Kamana Sewa

‘सुरूदेखि नै एमाले उम्मेदवारको मतमा यसरी नै मत थपिएको आशंका भयो,’ सर्वदलीय बैठकमा कार्कीले भने, ‘त्यसैले यहाँ मत गणना सुरूदेखि नै हुनुपर्छ।’ मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ र एमालेका कुसियैतले २३ हजार ३४१ मत पाएका छन्।

Classic Tech Desktop

प्रतिकृया